कलामा ‘सुपर हिट’, चुनावमा ‘फ्लप’ अधिकांश कलाकारले जोगाउन सकेनन् जमानत

प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका ९९ सय प्रतिशत कलाकारको धरौटी जफत भएको छ। कला गालामा अब्बल कलाकारले जमानत बचाउन सकेनन्। यसरी जमानत जोगाउन नसक्नेमा चर्चित फिल्ममेकरदेखि चर्चित गायकसम्म छन्।

नेपालभ्युज

कलामा ‘सुपर हिट’, चुनावमा ‘फ्लप’ अधिकांश कलाकारले जोगाउन सकेनन् जमानत

काठमाडौं। प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका ९९ सय प्रतिशत कलाकारको धरौटी जफत भएको छ। कला गालामा अब्बल कलाकारले जमानत बचाउन सकेनन्। यसरी जमानत जोगाउन नसक्नेमा चर्चित फिल्ममेकरदेखि चर्चित गायकसम्म छन्।

तिनैले बनाएका, अभिनय गरेका फिल्मको झल्को धेरैको मानसपटलमा र मुखमा तिनैले गायक गीत झुण्डिएता पनि भोट भने उनीहरूले पाएनन्। यसपटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ। तर, वर्षाैअघि देखि चिनिएका कलाकारले लज्जास्पद हार बेहोरे। अधिकांश चर्चित कलाकारको जमानतसमेत जफत भयो।

अहिलेसम्म जित हासिल गर्ने कलाकार दुई जना मात्र छन्, त्यो पनि प्रदेश सभामा मात्र। फिल्म निर्माता रोज राणा नेपाली कांग्रेसको तर्फबाट प्युठानबाट प्रदेशसभामा निर्वाचित भएका छन्। दोस्ती, खलनायक, दादागिरी जस्ता एक्सनमा आधारित फिल्म उनले बनाएका थिए।

उनी २२ हजार ५१९ मत ल्याउँदै प्रदेश सांसद बने। अर्का फिल्म निर्माता मदुकुमार श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट कांग्रेसबाटै निर्वाचित भएका छन्। उनले एमालेका रमेश आचार्यलाई १ हजार २९४ मतान्तरले पराजित गरे। श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गरेर सांसद बनेका छन्।

राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाले चुनाव हारिन्। सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ की स्थायी बासिन्दा उनको भोट भने राम्रै आयो। सो क्षेत्रबाट नेपाली कांग्रेसका सुनिलकुमार शर्माले जिते।

शर्माले ४६ हजार ९२३ मत प्राप्त गरेर जित्दा तेस्रो स्थानमा रहेकी राप्रपाकी रेखा थापाले १० हजार ७१० मत प्राप्त गरिन् । अभिनेत्री थापा केही वर्षयता कलाकारिताभन्दा पनि राजनीतिमा सक्रिय छिन्।

अब्बल फिल्ममेकर मनोज पण्डितले त नराम्रोसँग हारे । ‘ग्रेटर नेपाल’, ‘दासढुङ्गा’, ‘वधशाला’ जस्ता चर्चित फिल्म निर्माण गरिसकेका उनले काभ्रे– २ बाट १ सय ७३ मत मात्रै ल्याए। त्यहाँ जितेका एमालेका गुकुल बास्कोटाको ४५ हजार ३ सय ४५ मत आएको छ ।

कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार थिए। उनले पनि तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍याे। उनले १२ हजार ५६ मत पाए। सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ३५ हजार ९ सय ३४ मतका साथ जिते। हिमेश रियालिटी शो कमेडी च्याम्पियनका विजेता हुन्।

एमालेबाट दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी गायिका कोमल वलीले जित्न सकिनन्। ७ हजार मतलेपछि परेर दोस्रो स्थानमा रहँदा कांग्रेसका दीपक गिरीले जिते।

वलीले २९ हजार ३२ मत पाइन्। जितेका गिरीको ३६ हजार ८ सय ४२ मत थियो। यसअघि राष्ट्रिय सभा सदस्य रहिसकेकी वलीले प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागे पनि मतदाताले भने पत्याएनन्।

चर्चित गायकको लज्जाजनक मत

काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले जम्मा ५ सय ७७ मत ल्याए। राप्रपाले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनी ‘माया मेरी माया’, ‘टाढा नजाइदेउ तिमी’ जस्ता अत्यन्त चर्चित गीतका गायक हुन्। सन् १९९० दशकमा नेपालमा पपगीत सिर्जना गरेर तथा गाएर नाम कमाउन सफल भए पनि चुनावमा फ्लप भए।

काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका अर्का कलाकार मधुसूदन पाठक (सिते बा)ले जम्मा ३६४ मतमै चित्त बुझाउनुपर्‍यो । चर्चित हास्य टेलिसिरियल सक्किगोनीका मुख्य पात्र उनलाई दर्शकले मन पराए पनि भोट हाल्न भने रुचाएनन्। उनीसँग बलिया प्रतिस्पर्धीमा एमालेका ईश्वर पोख्रेल, कांग्रेसका प्रदीप पौडेल थिए। त्यहाँ पौडेलले बाजी मारे।

उडायो सांसद बन्ने सपना हुरीले

‘उडायो सपना सबै हुरी’ ले बोलको गीत धेरैले सुनेकै हुनुपर्छ। यो गीतका गायक मुरलीधर (मुरली मिझार) हुन्। राप्रपाबाट सिराहा-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनको सपना पनि हुरीले उडायो। ‘निष्ठुरीले माया गरी आफैँलाई रोगी बनायो’ र ‘आमाले भन्थिन् धाराको पानी’ पनि उनैको गीत हो।

जनता समाजवादी पार्टीका राजकिशोर यादव, कांग्रेसका चित्रलेखा यादव र नेपाल मजदुर किसान पार्टीका राजकुमार पासमानलगायतका उम्मेदवार रहेको क्षेत्रमा उनले उम्मेदवारी दिएका थिए । तर, मुरलीधरको पनि जमानत जफत भएको छ । मुरलीधर गायक मात्र नभएर बलिउड फिल्म उद्योगका राम्रा कलाकारसमेत हुन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।

चर्चित लोक तथा दोहोरी गायक मिलन लामाले पनि १४ सय २० मत ल्याएर जमानत सुरक्षित गर्न सकेनन्। चितवन १ बाट स्वतन्त्र उम्मेदवार बनेका उनले चुनाव चिन्ह सूर्यमुखी फूल पाएका थिए।

‘माझी दाइ पोखरा फेवा तालको’ जस्ता चर्चित गीत गाएका मिलनको “झल्को लाली ओंठ’को पनि लोकप्रिय गीत हुन्। उनको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३४ हजार १ सय ८९ मतका साथ चुनाव जिते।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved