मोरङ ३ मा रेखा थापा पराजित, तेस्रो हुँदै पाइन् सम्मानजनक मत

चुनाव हारेपछि रेखा भन्छिन्, ‘‘एक पटक असफल हुँदैमा राजनीतिक सकिँदैन। यो क्षत्रको विकासको लागि लागिरहन्छु। अर्को पटक सफल हुनेछु।’’

नेपालभ्युज

मोरङ ३ मा रेखा थापा पराजित, तेस्रो हुँदै पाइन् सम्मानजनक मत

काठमाडौं। सफल अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा चुनावमा भने असफल भइन्। मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार उनी तेस्रो भइन्।

सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ की स्थायी बासिन्दा उनको भोट भने राम्रै आयो। सो क्षेत्रबाट नेपाली कांग्रेसका सुनिलकुमार शर्माले जिते। शर्माले ४५ हजार ९७ मत प्राप्त गरेर जित्दा एमालेका भानुभक्त ढकालले २३ हजार ९ सय ९३ मत पाए। त्यस्तै, राप्रपाकी रेखा थापाले १० हजार २ सय ८९ मत प्राप्त गरेर तेस्रो भइन्।

मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको सङ्गठन बलियो थियो। सुरुमा एमालेसँग तालमेलको चर्चा थियो। तर एमालेबाट अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र भानुभक्त ढकालको पनि सोही क्षेत्र भएकाले राप्रपालाई दिइएन। सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल उम्मेदवार बने। अन्ततः दुवैले हारे।

चुनाव हारेपछि रेखा भन्छिन्, ‘‘एक पटक असफल हुँदैमा राजनीतिक सकिँदैन। यो क्षत्रको विकासको लागि लागिरहन्छु। अर्को पटक सफल हुनेछु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved