कैलाली २ मा पनि नागरिक उन्मुक्ति विजयी : पहिलो प्रयासमै जित्यो ४ सिट

 कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरी निर्वाचित भएका छन्। उनले नेकपा एमालेका झपटबहादुर रावललाई झण्डै ६ हजार मतान्तरले हराएका हुन्।

नेपालभ्युज

कैलाली २ मा पनि नागरिक उन्मुक्ति विजयी : पहिलो प्रयासमै जित्यो ४ सिट

धनगढी । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरी निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका झपटबहादुर रावललाई झण्डै ६ हजार मतान्तरले हराएका हुन्। अरुणले २१ हजार ८ सय ७१ मत ल्याएका छन् । निकट्तम प्रतिद्धन्दी रावलले १६ हजार १ सय २८ मतमा चित्त बुझाए ।

५ हजार सात सय ४३ मतान्तरले जितेका हुन्। माओवादी केन्द्रका भगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत पाए ।

यो सँगै नागरिक उन्मुक्ति पार्टीले ४ सिट जितेको छ । उसले कैलालीका ५ मध्ये ३ सिट जित्यो । बर्दियाबाट स्वतन्त्र जितेको एक सिट पनि नागरिक उन्मुक्ति पार्टीकै हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved