सुनसरी २ (१) मा एमालेका रेवतिरमण भण्डारी विजयी

नेपालभ्युज

सुनसरी २ (१) मा एमालेका रेवतिरमण भण्डारी विजयी

काठमाडौं । सुनसरी- २(१) मा नेकपा एमालेका रेवतिरमण भण्डारी विजयी भएका छन् ।

भण्डारीले १४ हजार ५ सय ३८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट  माओवादी केन्द्रका द्वारिकलाल चौधरीले ११ हजार ८ सय ४५ मत पाए ।

भण्डारी २ हजार ६ सय ८० मतान्तरले विजयी भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्री  ९ हजार ३ सय २२ सहित तेस्रो स्थानमा पुगे ।

स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले ३ हजार २ सय ८ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved