गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीलाई पछि पार्दै कांग्रेसका भण्डारी विजयी

चुनाव हारेपछि भण्डारीलाई बधाई दिँदै ज्ञवालीले गुल्मी १ मा फुटबल चलिरहेको र अहिले २-२ गोलको बराबरी भएको प्रतिक्रिया दिए । 

नेपालभ्युज

गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीलाई पछि पार्दै कांग्रेसका भण्डारी विजयी

तम्घास । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई साँघुरो मतान्तरमा पराजित गरे ।

मतगणना सुरु भएदेखि नै यी दुईबीच कडा प्रतिस्पर्धा देखिएको थियो । अन्तिममा भने भण्डारीले बाजी मारेका हुन् । यो क्षेत्रमा दुई नेताबीच आलोपालो चुनाव जित्ने गरेको इतिहास छ ।

अघिल्लो पटक वाम गठबन्धनको बलमा ज्ञवाली फराकिलो अन्तरले विजयी भएका थिए । यसपटक भने उनी १५ सय भन्दा बढि मतान्तरले पराजित भए । विजयी भण्डारीले ३३ हजार ७४४ मत पाए । यस्तै ज्ञवाली ३२ हजार १५२  मतमा रोकिए ।

चुनाव हारेपछि भण्डारीलाई बधाई दिँदै ज्ञवालीले गुल्मी १ मा फुटबल चलिरहेको र अहिले २-२ गोलको बराबरी भएको प्रतिक्रिया दिए ।

यद्यपी निर्वाचन आयोगले अन्तिम मत सार्वजनिक गरिसकेको छैन ।  गुल्मी क्षेत्र नम्बर २ मा भने एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved