कैलाली ५ मा ओझाको उम्मेदवारीका बाबजुद कांग्रेसका पन्त विजयी,

नेपालभ्युज

कैलाली ५ मा ओझाको उम्मेदवारीका बाबजुद कांग्रेसका पन्त विजयी,

धनगढी । कैलाली क्षेत्र नम्बर पाँचमा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिए पनि पन्तले बाजी मारेका हुन् ।

उनले नेकपा एमालेका नारदमुनि रानालाई पराजित गरे । पन्तले २१ हजार ३९२ मत ल्याउँदा निकट्तम प्रतिद्धन्दी रानाले २० हजार ३१८ मत पाए । यो क्षेत्रमा कांग्रेसले कारबाही गरेका ओझाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले ८ हजार ३४९ मत पाए । यस्तै स्वतन्त्र जगदीश चौधरीले ७ हजार ४६० मत पाए ।

यो सँगै कैलालीका सबै पाँच सिट मध्ये कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले दुई-दुई  सिटमा जित निकालेका छन् । क्षेत्र नम्बर २ मा उन्मुक्ति जित नजिक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved