कास्की -१ मा एमालेका गुरुङ विजयी

नेपालभ्युज

कास्की -१ मा एमालेका गुरुङ विजयी

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् ।

शुक्रबार बिहान सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत पाएका थिए ।

२०४३ सालदेखि कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा लागेर राजनीतिमा सक्रिय भएका गुरुङले २०५२ सालमा एमाले पार्टीको सदस्य लिएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved