कास्की-१(१) मा एमालेका खगराज अधिकारी विजयी

नेपालभ्युज

कास्की-१(१) मा एमालेका खगराज अधिकारी विजयी

पोखरा। कास्की-१ (१) बाट प्रदेशसभा सदस्यमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी विजयी भएका छन् । उनले माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत लयाए।

प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भएर मन्त्री भइसकेका अधिकारी यसपल्ट गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved