केपी ओलीको अनावश्यक हस्तक्षेपले अछाममा एमाले भयो ‘शून्य’

२ वटा प्रतिनिधसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन । सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पञ्छाएर हस्तक्षेप गर्दा अछाममा एमाले शून्य अवस्थामा पुगेको हो ।

नेपालभ्युज

केपी ओलीको अनावश्यक हस्तक्षेपले अछाममा एमाले भयो ‘शून्य’

अछाम । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले अछापमा शून्य अवस्थामा पुगेको छ । २ वटा प्रतिनिधसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन। सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पञ्छाएर हस्तक्षेप गर्दा अछाममा एमाले शून्य अवस्थामा पुगेको हो ।

अछाम क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर कुल १९ हजार ५ सय ३४ मतका साथ विजय भएका छन् । यहाँ एमालेका नेता भीम रावललाई जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार बनाएर पठाएपनि अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपट बोहरा टिकट दिएका थिए ।

अछाम १ मा नेकपा एमालेका झपट बहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरे । ४ हजार ४ सय ८९ मतान्तरले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका शेर बहादुर कुँवर विजयी भए  ।

अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुष्प बहादुर शाहले २२ हजार ९५४ मत प्राप्त गर्दै विजयी भए । नेकपा एमालेका यज्ञ बहादुर बोगटीले १६ हजार ११४ मत ल्याए ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्का १२ हजार ३ सय ३७ प्राप्त गर्दै विजयी भए भने नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत ल्याए ।

त्यस्तै अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका झपट साउदले १२ हजार ११५ मत ल्याइ विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण प्रसाद जैसीले ९ हजार १९ मत पाए।

अछाम क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अक्कल बहादुर रावलले ११ हजार २३१ मत ल्याइ विजयी भए । एमालेका भीम बहादुर विष्टले ८ हजार ४ सय ५२ मत मात्रै ल्याए ।

यस्तै क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका नेता मान बहादुर रावलले ११ हजार २ सय १६ मत ल्याएर जिते भने नेकपा एमालेका शिवप्रसाद उपाध्यायले ८ हजार ६ सय ३४ मत मात्रै ल्याउन सके ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved