हुम्ला (क) मा माओवादीका रणसिंह परियार विजयी

नेपालभ्युज

हुम्ला (क) मा माओवादीका रणसिंह परियार विजयी

काठमाडौैं। हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

उनको प्रतिस्पर्धीको रूपमा उनकैविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए । परियार ६ हजार ४८१ मतसहित विजयी हुँदा शाहीले ४ हजार ६३० मत प्राप्त गरे ।

यस्तै, नेकपा एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गरे । पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका परियार कर्णालीमा एक मात्र दलित सांसद बनेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved