सुदूरपश्चिममा एमालेले जित्यो दुई सिट

बिना मगरलाई पराजित गर्दै तारा लामा विजयी

नेपालभ्युज

बिना मगरलाई पराजित गर्दै तारा लामा विजयी

काठमाडौं। कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा प्रचण्डकी बुहारी बिना मगरलाई पराजित गर्दै नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन्।

लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मगरलाई ५ हजार ५४२ मत अन्तरले पराजित गरेका हुन्। तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरिन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरे।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा जित्ने लामा दोस्रो उम्मेदवार हुन्। यस अघि बैतडीमा एमालेका दामोदर भण्डारी विजयी भएका थिए।

प्रतिनिसभामा १६ सिट रहेको सुदूरपश्चिमा हाल सम्म १३ सिटको मत गणना सकिएको छ। कैलाली २ र ५ मा मतगणना जारी छ भने बाजुरामा पुन: मतदान गर्नुपर्ने भएकाले गणना सुरु भएको छैन। कैलाली २ मा नागरिक उन्मुक्ति पार्टी जितको नजिक पुगेको छ। नागरिक उन्मुक्तिले १८ हजार ५३० मत प्राप्त गरेको छ भने एमालेका उम्मेदवारको १३ हजार ३३१ मत छ। सत्ता गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवारको १२ हजार ९३५ मत छ।

यस्तै कैलाली ५ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रस्थान कायम गरेका छन्। यहाँ एमालेका उम्मेदवारभन्दा कांग्रेसका उम्मेदवार करिब एक हजार मतले अगाडि छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved