धनुषा-४ : महासेठले पुन: लिए अग्रता, पछि परे यादव

धनुषा-४ : महासेठले पुन: लिए अग्रता, पछि परे यादव

जनकपुरधाम । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले पुनः अग्रता लिएका छन् । उनले  नेपाली कांग्रेसका महेन्द्र यादव लाई पछि परेका हुन् ।

महासेठले ८ हजार ८९५ मत ल्याँउदा यादवले ८ हजार ८२१ मत ल्याएका छन्। यादव भन्दा महासेठ ७४ मतले अगाडि रहेका छन् ।

यतिबेला जनकपुर वडा नंम्बर १३, २१, ९ , १४, १९, २२ र मिथिला विहारी नगरपालिकाको वडा नंम्बर ६,७,२,८, ९ मतगणना सकेर मिथिला विहारीको १० नंम्बरको मतगणना सुरु भइरहेको छ ।

यहाँ १ हजार ४१३ मत खसेकोमा अहिले ४ सय सम्मको मतगणना भइसकेको निर्वाचन अधिकृत सुदिप दंगालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved