सुर्खेत-२ (ख) मा माओवादीका विन्दमान विष्ट विजयी

नेपालभ्युज

सुर्खेत-२ (ख) मा माओवादीका विन्दमान विष्ट विजयी

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।

३१ हजार ६८२ मत खसेको उक्त क्षेत्रमा विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ ।

यस्तै, एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्टविरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved