सनसिल्क दशैं भाइब्स २ प्रतियोगीताका विजेताहरूको घोषणा

नेपाल भ्युज

सनसिल्क दशैं भाइब्स २ प्रतियोगीताका विजेताहरूको घोषणा

काठमाडौं । सनसिल्क दशैं भाइब्स २ प्रतियोगीताका विजेताहरूको घोषणा गरेको छ । सनसिल्क नेपालले महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट “सनसिल्क दशैं भाइब्स” सञ्चालन गरेको थियो, जसमा प्रतियोगीहरूले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरी सहभागी हुनसक्ने थिए।

अभियानलाई ६० मिलियनभन्दा बढीको भ्युज प्राप्त भएको थियो भनें २८०० भन्दा बढी प्रतियोगीहरूले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानर्ले उल्लेख्य सफलता हासिल गरेको थियो। प्रतियोगीताका विजेताहरूलाई सनसिल्कको सीमित “दशैं प्याक” संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो यस प्रकारको योजना नेपालमा पहिलो पटक सुरु गरिएको हो । यी प्याकहरूको माध्यमबाट सनसिल्क ग्याङ्ग अफ गल्र्स हजारौं नेपाली परिवारहरू सम्म पुगेको छन् ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीका अनुसार “नेपालमा देशभर बिक्री हुने एवं लाखौं ग्राहकहरूको रोजाइ बनेको सनसिल्क निःसन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो । गत वर्ष सन् २०२१ को दशैं पर्वको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरू सनसिल्क ग्याङ अफ गर्ल्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगिताले आफैमा एक अभूतपूर्व सफलता हासिल पनि गरेको थियो ।

सनसिल्क विश्वास गर्दछ कि, जब युवतीहरूले सम्भावनाहरूलाई व्यापक बनाउन पाउँछन् तब उनीहरू जीवनमा अघि बढ्दछन् र हामीले उनीहरूलाई उनीहरूको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्रान्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका थियौं ।

हामी विश्वास गर्दछौं कि सुन्दरता सरल हुन्छ र धेरै माध्यमबाट कैद गर्न सकिन्छ। हामी हाम्रा ब्राण्डहरूलाई हाम्रा उपभोक्ताहरू सँगसँगै स्थानीय चाडबाडहरू र संस्कृतिहरूसँग पनि जोड्न चाहन्छौ । सनसिल्क दशैं भाइब्स र सनसिल्क ग्याङ अफ गर्ल्स हाम्रो त्यस्तै प्रयासहरूमध्ये एक हो ।”

सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२ मा “डबल सेलिब्रेसन” नाराका साथ सनसिल्क दशैं भाइब्स २ सञ्चालन गरिएको थियो । जुन प्रतियोगितामा सहभागी बन्न सहभागीहरूले उनीहरूको राम्रो हेयरस्टाइलहरूका साथ दशैं भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनुपर्ने थियो ।

सहभागीहरूमध्ये ३ जना विजेतालाई रु.१-१ लाख नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासँग सनसिल्क ग्याङ्ग अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरूमा प्रस्तुत हुने अवसर दिइएको थियो ।

यी विजेताहरूको चयनको लागि प्रख्यात व्यक्तित्वहरू नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारीसहित एक निर्णायक मण्डली बनाइएको थियो । दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टीहरू प्राप्त भएका थिए, जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरू एवं प्रत्यक्ष क्रियाकलापहरूको साथ समर्थन रहेको थियो ।

यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य सबै डिजिटल माध्यमहरूमा १०० मिलियन भन्दा बढी भ्युज पाउन सफल भएको छ । सम्भवतः, यो नेपालको सबैभन्दा विशाल डिजिटल प्रचार अभियान हो भन्न सकिन्छ । आधुनिक प्रविधिहरू, डिजिटलाइजेसनका साथमा विश्व अगाडि बढिरहेको सन्दर्भमा नेपाल पनि त्यसबाट पनि अघि बढ्नु पर्छ । सनसिल्क नेपालले तीव्र गतिमा परिवर्तन भैरहेको वातावरणतर्फ आफूलाई अनुकूलन बनाउँदै लगेको छ र डिजिटलाइजेसनमार्फत् सफलता प्राप्त गर्ने एक ब्रान्ड बनेको छ ।

सनसिल्क दशैं भाइब्स २ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२ मा होटल र्याडिसनमा आयोजना गरिएको थियो, जुन कार्यक्रममा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषणा गरिएका थियो । प्रत्येक विजेताले रु.१,००,००० का दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै, उनीहरूले ब्रान्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गर्ल्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरूमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved