सेन्साईको “विश्वकप च्याम्पियन अफर” योजना सार्वजनिक

नेपालभ्युज

सेन्साईको “विश्वकप च्याम्पियन अफर” योजना सार्वजनिक

काठमाडौं। जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले यो अन्तरराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गर्दै “विश्वकप च्याम्पियन अफर” नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले सेन्साई टेलिभिजनको खरिद गर्दा रु. ३०,१०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

साथै, १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन। ग्राहकहरूले आफुलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्ट कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ।

ग्राहकहरूले यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

नेपाल अधिराज्यभर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टङगाल, कुमारीपाटी, वसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्ती गौंडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्। कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved