कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको जित, रेशमकी पत्नी पनि संसदमा

विजयी भएकी श्रेष्ठ उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीकी पत्नी हुन् । यो सहित उन्मुक्तिले ३ सिट जितेको छ । कैलाली ३ मा पनि उसले जितेको थियो । बर्दियामा स्वतन्त्र जितेका लालवीर चौधरी पनि सोही पार्टीका हुन् । उनी रेशमका पिता हुन् ।

नेपालभ्युज

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको जित, रेशमकी पत्नी पनि संसदमा

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी प्रमुख रन्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट भारि मतान्तरसहित विजयी भएकी छन् ।

उनले पूर्व मन्त्री समेत रहेका कांग्रेस नेता रामजनम चौधरीलाई पराजित गरिन । श्रेष्ठले ३० हजार ४०४ मत ल्याएर संसदको यात्रा पक्का गरेकी हुन् । निकट्तम प्रतिद्धन्दी चौधरीले १८ हजार ८१ मत ल्याए ।

यस्तै तेस्रोमा रहेका एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१० तथा राप्रपाका लोकेन्‍द्र कुँवरले ३ हजार १४४ मत पाएका छन् ।

विजयी भएकी श्रेष्ठ उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीकी पत्नी हुन् । यो सहित उन्मुक्तिले ३ सिट जितेको छ । कैलाली ३ मा पनि उसले जितेको थियो । बर्दियामा स्वतन्त्र जितेका लालवीर चौधरी पनि सोही पार्टीका हुन् । उनी रेशमका पिता हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved