चितवन-१ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई हराउँदै ढकालले संसदको यात्रा तय गरेका हुन् । 

नेपालभ्युज

चितवन-१ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

काठमाडौं। चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् । उनले दुईजना अर्थशास्त्रीलाई पराजित गरे ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई हराउँदै ढकालले संसदको यात्रा तय गरेका हुन् ।

ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका पाण्डेले २६ हजार ६०८ मत ल्याए । सो क्षेत्रमा सत्तारूढ गठबन्धनले उम्मेदवार बनाएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत मात्रै पाए ।

यो सँगै स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सात सिट जितेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved