सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव निर्वाचित

चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालभ्युज

सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव निर्वाचित

काठमाडौं । सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले २६ हजार १६६ प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए ।

यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् ।

२०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए ।

चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved