चितवन-२ मा रवि लामिछाने फराकिलो मतान्तरले विजयी

नेपालभ्युज

चितवन-२ मा रवि लामिछाने फराकिलो मतान्तरले विजयी

चितवन। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार लामिछानेले ४९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् ।

लामिछानेका प्रतिस्पर्धी सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मतसहित तेस्रो स्थानमा पुगेका छन् । निर्वाचन आयोगले आधिकारिक रुपमा परिणाम घोषणा गर्न भने बाँकी छ ।

एमालेका पोखरेल ७४ सालको निर्वाचनमा कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार भन्दा बढि मत ल्याएर यही क्षेत्रबाट विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved