केपी ओलीका विश्वासपात्र विशाल भट्टराई पनि पराजय नजिकै

नेपालभ्युज

केपी ओलीका विश्वासपात्र विशाल भट्टराई पनि पराजय नजिकै

खोटाङ। नेकपा एमालेका नेता विशाल भट्टराई खोटाङमा पराजय नजिकै पुगेका छन् । खोटाङमा माओवादीका रामकुमार राईले २८ हजार १ सय ७१ मत ल्याएका छन् । विशाल भट्टराई २५ सय भन्दा धेरै मतले पछि पर्दै २५ हजार ७ सय मतसहित दोस्रो स्थानमा छन् ।

अब गणना गर्न बाँकी ७ हजार मत रहेकोमा माओवादी र कांग्रेसको पकड रहेको क्षेत्र रहेको छ । यसअघि एमालेका प्रमुख सचेतक समेत रहेका भट्टराईलाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा समेत हेरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved