लमजुङ प्रदेश ‘१’ मा कांग्रेसका गुरुङ विजयी

नेपालभ्युज

लमजुङ प्रदेश ‘१’ मा कांग्रेसका गुरुङ विजयी

लमजुङ। लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ विजयी भएका छन् । गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१ मतान्तरले एमालेका जमिन्द्रमान घलेलाई पछि पार्दै गुरुङ विजयी बन्न सफल भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार गुरुङले १८ हजार पाँच सय चार मत प्राप्त गरे । त्यस्तै, गुरुङका निकटतम प्रतिद्वन्द्वी एमालेका घलेले १७ हजार तीन सय ४३ मत पाए ।

यस क्षेत्रमा कूल ३७ हजार चार सय ३६ मत खसेको थियो । यी दुवै नेताबीच यसअघि दोस्रो संविधानसभा सदस्य पदका लागि मुख्य प्रतिस्पर्धा भएको थियो । दुवैजना दोस्रो संविधानसभा सदस्य चुनावमा तत्कालीन क्षेत्र नं १ बाट चुनाव लड्दा गुरुङभन्दा सात सय ९८ मत बढी ल्याएर घले निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved