डोटीमा प्रेम आलेको ह्याट्रिक जित, ४२ सय मतान्तरले विजयी

प्रेम आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।

नेपालभ्युज

डोटीमा प्रेम आलेको ह्याट्रिक जित, ४२ सय मतान्तरले विजयी

डोटी ।  नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आलेले डोटीबाट संसदीय चुनावमा ह्याट्रिक जित निकालेका छन् । संघीय संसदमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आले यसपटक ४ हजार २ सय ६ मतको अन्तरले निर्वाचित भएका हुन् ।

प्रेम आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।

यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका थिए । राप्रपाका अंकबहादुर खड्काले ८ सय २ मत प्राप्त गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved