अर्घाखाँचीमा टोपबहादुर रायमाझी निर्वाचित

रायमाझी पूर्वमाओवादी ‘लिगेसी’ भएका नेता हुन् । १० वर्षे सशस्त्र माओवादी जनयुद्धमा उनले विभिन्न युद्धस्थलहरूमा कमान्डरको भूमिका निभाएका थिए ।

नेपालभ्युज

अर्घाखाँचीमा टोपबहादुर रायमाझी निर्वाचित

अर्घाखाँची । एउटै मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी निर्वाचित बनेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पछि पार्दै रायमाझीले जित निकालेका हुन् ।

रायमाझीले ४२ हजार ६ सय ७५ मत पाए भने भुसालले ४९ हजार ९ सय ४५ मात्रै मत पाइन् ।

रायमाझी यसपटक चौथोपटक यहाँबाट निर्वाचित भएका हुन् । ०६४, ०७० र ०७४ मा उनी यहीँबाट निर्वाचित भएका थिए । त्यसबेला उनी माओवादी केन्द्रमै थिए । यसपटक भने उनी एमालेबाट निर्वाचित बनेका हुन् । हँसिया हथौडाबाट ३ पटक निर्वाचित बनेका उनलाई सूर्यबाट जित्न गाह्रो हुने आकलन गरिएको थियो । तर, उनले सहज जित निकाले ।

अर्घाखाँचीमा १ लाख ६४ हजार ७६८ मतदाता छन् । मंसिर ४ गते सम्पन्न मतदानमा ८९ हजार ५३१ जनाले मतदान गरेका थिए ।

पूर्वमाओवादी ‘लिगेसी’ बोकेका रायमाझी १० वर्षे सशस्त्र माओवादी जनयुद्धमा सक्रिय भूमिकामा थिए । उनले विभिन्न युद्धस्थलहरूमा कमान्डरको भूमिका निभाएका थिए । ०७४ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ०७७ मा फुट्दा उनी पुन: माओवादी केन्द्रमा फर्किएनन् । १०औं महाधिवेशनयता उनी एमालेको केन्द्रीय सचिव हुन् ।

भुसाल भने पूर्वउपसभामुख हुन् । वाम-लोकतान्त्रिक गठबन्धनको सरकारमा उनी उपसभामुखको भूमिकामा थिइन् । त्यसअघि पनि उनी उपसभामुखमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् । तर, दोस्रोपटक उनी सफल भइन् ।

०६४ सालमा अर्घाखाँची २ बाट निर्वाचित बनेकी उनी ०५६को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट पराजित बनिनन् । १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी अधिवक्तासमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved