यू–१९ क्रिकेट : बागमतीको विजयी सुरुवात

नेपालभ्युज

यू–१९ क्रिकेट : बागमतीको विजयी सुरुवात

काठमाडौं। बागमती प्रदेशले यू–१९ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा बागमतीले गण्डकीलाई ७४ रनले पराजित गरेको हो।

२९४ रनको लक्ष्य पछ्याएको गण्डकी ४५.४ ओभरमा २१९ रनमा अलआउट भयो। गण्डकीका लागि अर्जुन कुमालले ९८ र सिब्रिन श्रेष्ठले २१ रन बनाए। अर्जुनको सर्वाधिक रन पनि जितको लागि पर्याप्त हुन सकेन।

अर्जुनले ६५ बलमा ६ चौका र १ छक्कासहित अर्धशतक पूरा गरे। चौथो विकेटको लागि अर्जुन र सिब्रिनले ४५ बलमा ५० रनको साझेदारी गरे। बागमतीका लागि अशोक पौडेलले ३ र सक्रिया कार्कीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमती ४८.१ ओभरमा अलआउट हुँँदा २९३ रन बनायो। बागमतीका लागि उत्तम मगरले ८७ र योगेश भट्टले ५२ रन बनाए। उत्तमले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। योगेशले ३९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। ५औँ विकेटको लागि उत्तम र योगेशले ४० बलमा ५० रनको साझेदारी गरे। ओमकार यादवले ३७ र अभिषेक कोइरालाले ३२ रन बनाए।

गण्डकीका लागि निर्तेश गिरी र सुदीप अर्यालले ३–३ विकेट लिए। सुबास भण्डारी, अर्जुन कुमाल र सिब्रिन श्रेष्ठले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved