‘अवतार २’ ले चीनमा पायो रिलिज अनुमति, भारतमा राति १२ बजे पहिलो शो

नेपालभ्युज

‘अवतार २’ ले चीनमा पायो रिलिज अनुमति, भारतमा राति १२ बजे पहिलो शो

काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति दिएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी स्टुडियोले चिनियाँ सामाजिक सञ्जाल वेइबोमार्फत यसबारे जानकारी दिएको हो ।

‘अवतार २’ सँगै अर्को हलिउड फिल्म ‘मिनिओस’ सिक्वेल र सोनीको ‘ह्वेयर द क्रडास सिंग’ले चीनको मेनल्यान्डमा प्रदर्शन अनुमति पाएका छन् ।

यसैबीच, भारतमा फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको छ र राति १२ बजे पहिलो शो निर्धारण गरिएको छ । नेपालमा पनि फिल्म पुस १ गते रिलिज हुँदैछ ।

सन् २००९ मा अवतारको पहिलो श्रृंखला रिलिज भएको थियो । प्रदर्शनको १३ वर्षपछि दर्शकमा दोस्रो श्रृंखलालाई लिएर व्यापक उत्साह छ । निर्देशक जेम्स क्यामरुनले ‘अवतार २’लाई संसारकै महंगोमध्येको एक फिल्म बताएका छन् ।

उनका अनुसार फिल्मले लगानी उठाउन मात्र २ बिलियन डलर कमाइ गर्नुपर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved