परिजिता ‘द भ्वाइस’को अमेरिकी संस्करणमा टप-१० मा प्रवेश

नेपालभ्युज

परिजिता ‘द भ्वाइस’को अमेरिकी संस्करणमा टप-१० मा प्रवेश

काठमाडौं। नेपालीमूलकी परिजिता बास्कोटा अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश गरेकी छन् ।

मंगलबार भएको प्रतिस्पर्धामा उनी दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आई आस्क’ गाएकी थिइन् ।

उनको उक्त गीतलाई पनि जजहरूले प्रशंसा गरेका छन् । अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाइज लगाएकी थिइन् । पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको छ ।

भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved