प्रधानमन्त्रीको दौडमा गगन : आउन सक्छन् यस्ता अडचन

गगनको जितलाई एक सामान्य सांसदको जितका रुपमा मात्रै हेरिएको छैन । किनकी कांग्रेस संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने उनले सार्वजनिक घोषणा गरेका छन् । यसरी अगाडि नै गरेको घोषणाबाट पछि हटेको दृष्टान्त नभएको हुँदा कांग्रेस संसदीय दलको नेताका लागि उनले उम्मेद्वारी दिने सहजै अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्रीको दौडमा गगन : आउन सक्छन् यस्ता अडचन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट भारी मतान्तरसहित विजयी भएका छन् । उनले एमालेका डा. राजनकुमार भट्टराईलाई हराए । काठमाडौं–४ मा उनी तेस्रोपटक निर्वाचित भएका हुन् । २०७० र २०७४ को आमनिर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा थापा समानुपातिकबाट सभासद थिए । उनी देशको संघीय विधायक बनेको यो चौथोपटक हो ।

गगन थापा नेपाली राजनीतिमा लोभलाग्दो गरी उदाएका नेता हुन् । उनी विरलै मानिसले प्राप्त गर्ने अवसर पाएका राजनीतिज्ञ मानिन्छन् । पहिलोपटक सांसद हुँदा उनी ३३ वर्षका मात्र थिए । अहिले उनी ४६ वर्षका भएका छन् । यही बीचमा उनी कांग्रेसको केन्द्रीय सदस्य, स्वास्थ्य मन्त्री तथा कांग्रेस महामन्त्री निर्वाचित भएका छन् । उनी कांग्रेस मातृसंगठन नेविसंघको महामन्त्री हुँदै राष्ट्रिय राजनीतिमा उदाएका थिए ।

राजा ज्ञानेन्द्रको शाही ‘कु’ को समयमा उनले गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न सडकमा उल्लेखनीय भूमिका गरेका थिए । उनको मातृपार्टी नेपाली कांग्रेसले गणतन्त्रको लाइन पारित गर्नु अगाडि नै गगनले नेविसंघलाई गणतान्त्रिक मार्गमा हिँडाएका थिए ।  यसवापत उनले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको खप्कीसमेत खानुपरेको थियो । तर, गगनको यो साहस नै नेपाली राजनीतिमा उनको उदयको प्रमुख कारण बन्न पुग्यो ।

गगन थापा पार्टी संस्थापन पक्षले माया गरेर वा क्रेन लगाएर अगाडि बढेका वा बढाइएका नेता हैनन् । आफ्नै पार्टीभित्रको संस्थापन पक्षसँग समेत भिडेर पनि राजनीतिमा टिक्न सकेका दुर्लभ राजनीतिक कार्यकर्तामध्ये एक मानिन्छन् गगन । 

गगन थापा पार्टी संस्थापन पक्षले माया गरेर वा क्रेन लगाएर अगाडि बढेका वा बढाइएका नेता हैनन् । आफ्नै पार्टीभित्रको संस्थापन पक्षसँग समेत भिडेर पनि राजनीतिमा टिक्न सकेका दुर्लभ राजनीतिक कार्यकर्तामध्ये एक मानिन्छन् गगन ।

नेपाली कांग्रेसमा कोइराला संस्थापन पक्ष हुँदा उनले कृष्णप्रसाद सिटौलासँग मिलेर तेस्रो मोर्चा बनाए । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सिटौला–थापाको समूह कांग्रेस इतिहासकै शक्तिशाली तेस्रो पक्ष सावित भएको थियो । कांग्रेसभित्र शेरबहादुर देउवा सभापति भएपछि पनि थापा संस्थापन पक्षमा नलागेर इतर पक्षमा नै रहे ।

१४औं महाधिवेशनमा उनले डा. शेखर कोइरालासँग मिलेर संस्थापन इतर पक्षको नेतृत्व गरे । उनकै प्यानलका कोइराला सभापतिमा पराजित हुँदा पनि गगन भारी मतले महामन्त्रीमा चुनिए । नेपाली राजनीतिमा गगनले गरेका यी फरक प्रयत्न र निर्माण गरेका कीर्तिमान अनौठा हुन् ।

नेपाली कांग्रेसमा मात्रै हैन, नेपालका जुनकुनै राजनीतिक दलमा मूल नेता र संस्थापन पक्षसँग टकराएर पनि यो स्तरको करिअर निर्माण असम्भव मानिन्छ । एमालेको दशौं महाधिवेशनमा मुख्य प्रतिस्पर्धी भीम रावललाई पार्टी अध्यक्ष केपी ओलीले टिकटबाटै वञ्चित गरिदिए । तर, कुनै पनि कांग्रेस सभापतिले गगनलाई त्यसरी ठाडै ‘माइनस’ गर्ने आँट गरेनन् ।

गगनको राजनीतिक करिअरमा उनको आफ्नै प्रकारको साहसिलो शैली, आत्मविश्वास, वक्तृत्वकला र बौद्धिक क्षमताले काम गर्ने गरेको छ । उनी पढ्न र लेख्न रुचि राख्ने दुर्लभ राजनीतिकर्मी मानिन्छन्। उनको व्यक्तित्वमा जिज्ञासा र विनम्रताको बलियो लेप भेटिन्छ । 

नेपाली कांग्रेसभित्रै पनि संस्थापन पक्षले त्यसरी ‘माइनस’ गरेर राजनीतिक करिअरको शिकार भएका थुप्रै राजनीतिक कार्यकर्ता छन् । गगनको छवी र साहसले हो वा भाग्यले त्यस्तो दुर्भाग्यको शिकार हुन परेन । गगन उनको पार्टीभित्र मात्रै हैन, फरक पार्टीका युवा राजनीतिज्ञका लागिसमेत आशा र विश्वासको प्रतीक बनेका छन् । देशको बौद्धिक जमात र सिनियर पुस्ताले समेत उनलाई आशाको नजरले हेर्ने र नैतिक समर्थन गर्ने गरेको छ ।

गगनको राजनीतिक करिअरमा उनको आफ्नै प्रकारको साहसिलो शैली, आत्मविश्वास, वक्तृत्वकला र बौद्धिक क्षमताले काम गर्ने गरेको छ । उनी पढ्न र लेख्न रुचि राख्ने दुर्लभ राजनीतिकर्मी मानिन्छन्। उनको व्यक्तित्वमा जिज्ञासा र विनम्रताको बलियो लेप भेटिन्छ ।

यसपटक पनि गगनले जित्ने लभभग ‘कन्फर्म’ जस्तै थियो । उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराई आफैँमा राम्रा र गतिला उम्मेद्वार मानिन्थे । तर, गगनको आकर्षक व्यक्तित्व सामु राजन फिक्का भए। गगनको जितलाई एक सामान्य सांसदको जितका रूपमा मात्रै हेरिएको छैन । किनकि, कांग्रेस संसदील दलको नेताका लागि प्रतिस्पर्धा गर्ने उनले सार्वजनिक घोषणा गरेका छन् ।

यसरी अगाडि नै गरेको घोषणाबाट पछि हटेको दृष्टान्त नभएको हुँदा कांग्रेस संसदीय दलको नेताका लागि उनले उम्मेदवारी दिने सहजै अनुमान गर्न सकिन्छ । उनले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेर भोट मागेको हुँदा अब संसदीय दलको नेताका लागि उम्मेदवारी दिने उनको नैतिक कर्तव्य पनि हो ।

देउवा, पौडेल, कोइरालाद्वय, प्रकाशमान सिंहसहित यतिखेर आधा दर्जन नेता प्रधानमन्त्रीका आकांक्षी छन् । यी सबै गगनभन्दा उमेरले सिनियर छन् । जीवनमा एकपटक प्रधानमन्त्री हुने पालो पाउनुपर्ने ती धेरैको दाबी छ । उनीहरू अहिले नै गगनको पालो आइनसकेको ठान्दछन् ।

सबैलाई थाहा छ– हाम्रो प्रणालीमा संसदीय दलको नेता निर्वाचित हुनु भनेको देशको प्रधानमन्त्री हुने ढोका खुल्नु हो । तर, यो यात्रामा गगनका थुप्रै चुनौती छन् । उनका लागि पार्टी सभापति, संस्थापन पक्षका नेता तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै हैन, रामचन्द्र पौडेल, शशांक कोइराला र डा. शेखर कोइराला नै तगारो बन्न सक्दछन् ।

देउवा, पौडेल, कोइरालाद्वय, प्रकाशमान सिंहसहित यतिखेर आधा दर्जन नेता प्रधानमन्त्रीका आकांक्षी छन् । यी सबै गगन भन्दा उमेरले सिनियर छन् । जीवनमा एकपटक प्रधानमन्त्री हुने पालो पाउनुपर्ने ती धेरैको दाबी छ । उनीहरू अहिले नै गगनको पालो आइनसकेको ठान्दछन् । रामचन्द्र पौडेलको पालो नै अहिलेसम्म आएको छैन, कताको गगन भन्ने प्रश्न त्यहाँ उठ्नेछ ।

अझ महत्त्वपूर्ण कुरा सभापति देउवाले फेरि एकपटक आफैँ प्रधानमन्त्री हुने अधिकतम् प्रयत्न गर्नेछन् । संसदीय दलमा पार्टीको भन्दा सांसद संख्याको प्रश्न प्रमुख हुन्छ । कांग्रेस संसदीय दलमा सभापति देउवाले टिकट दिएका वा समानुपातिक सूचीमा राखेकाकै बहुमत हुने सम्भावना छ । त्यस्तो अवस्थामा उनीहरूको निष्ठा देउवातिरै हुने सम्भावना रहन्छ । त्यस्तो स्थितिमा गगनका लागि संसदीय दलको नेतामा चुनाव जित्न सहज हुने छैन ।

तर, गगनको राजनीतिक करिअरको ‘ट्रयाक रेकर्ड’ हेर्दा उनले त्यो स्थितिसँग डराउनुपर्ने कारण भने देखिन्न । उनी अनेक असहजताबीच लड्दै, थोरै हार्दै र धेरै जित्दै आएका नेता हुन् । जिते उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्न सक्नेछन् हारे एक भविष्यको सम्भावनाका रूपमा जगेडामा रहनेछन् ।

गगनको जितमा सामाजिक सञ्जालबाट बधाई तथा शुुभकामना लेख्ने थुप्रै छन । धेरैको अपेक्षा उनी प्रधानमन्त्री हुन भन्ने देखिन्छ । विजयी भएसँगै उनले अब प्रधानमन्त्रीका लागि तयारी गर्ने बताएका छन् । अर्थात् गगनको राजनीतिक आकांक्षा र जनताको अपेक्षाबीच कहीँ न कहीँ तारतम्य मिलेको देखिन्छ । तर, पार्टीभित्रै मिलाउन भने उनलाई सकस छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved