गगन थापा काठमाडौं ४ बाट फराकिलो मतान्तरले विजयी

थापाको सम्बोधन, 'अब प्रधानमन्त्रीका लागि तयारीमा जुट्छु'

नेपालभ्युज

गगन थापा काठमाडौं ४ बाट फराकिलो मतान्तरले विजयी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । उनले नेकपा एमालेका राजन भट्टराईलाई हराए ।

थापा करिब साढे सात हजार मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाको यो ह्याट्रिक जित हो ।

थापाले २१ हजार ३०२ मत पाएका छन । प्रतिद्धन्दी भट्टराईले १३ हजार ८५५ मत ल्याएको निर्वाचन आयोगले घोषणा गरेको छ । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् ।

जितेपछि थापाले अहिले मतगणनास्थलमा बधाई थापिरहेका छन् । समर्थकलाई सम्बोधन गर्दै थापाले मतदाताको विश्वासमा कहिले घात नगर्ने प्रतिवद्धता जनाए । निर्वाचनको सम्पूर्ण परिणाम आएपछि उनले बाँकी विषयमा निर्णय गर्ने बताए ।

नागरिक अहिले आक्रोशमा रहेको भन्दै उनले अहिले गठबन्धनको बहुमत आउने र त्यसपछि बन्ने सरकारले जनताका मुद्दा सम्बोधन  गर्नुपर्ने बताए । उनले अबको सरकारको चालक पनि नयाँ दिनुपर्ने भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरे ।

थापाले यसअघि नै प्रधानमन्त्रीका लागि संसदीय दलमा उठ्ने बताएका थिए । अब आफू संसदीय दलको नेता बन्ने तयारीमा लाग्ने पनि उनले जनाए ।

अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई नै हराउँदै थापा विजयी भएका थिए । यो सँगै कांग्रेसले प्रतिनिधिसभामा चौथो जित निकालेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved