काठमाडौं १ मा रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी

नेपालभ्युज

काठमाडौं १ मा रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी

काठमाण्डौ। काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् ।

सिंहले ७ हजार १४३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरे ।

मिश्रको भन्दा १२५ मत बढी ल्याएर सिंह विजयी  भएका हुन् । काठमाण्डाै १ बाट प्रतिनिधिसभा सदस्यकाे लागि ११ जना स्वतन्त्रसहित ३२ जना उम्मेदवार थिए ।

वि. ‍स. २०७४ काे प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रकाे भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved