मतदानमा भएको विवादलाई लिएर बाजुरामा घरमै एक विद्यार्थी नेताको हत्या

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या भएको प्रहरीले जनाएको छ ।

नेपाल भ्युज

मतदानमा भएको विवादलाई लिएर बाजुरामा घरमै एक विद्यार्थी नेताको हत्या

धनगढी। बाजुरामा घरमा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या भएको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुर्य थापाले कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved