मतदान सकिएलगत्तै निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन

नेपालभ्युज

मतदान सकिएलगत्तै निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन
तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं। निर्वाचन आयोगले आइतबार राति ७ः ५० बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन बोलाएको हो ।

आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिए पनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउनेछन्।

आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि, आशातीत मत भने खस्न नसकेको सरोकारवालाहरूले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved