काठमाडौंका विभिन्न ठाउँमा १७ सय सवारीसाधन होल्ड, ७ बजेपछि मात्रै चलाउन पाइने

नेपालभ्युज

काठमाडौंका विभिन्न ठाउँमा १७ सय सवारीसाधन होल्ड, ७ बजेपछि मात्रै चलाउन पाइने

काठमाडौं: काठमाडौं उपत्यकामा साँझ सात बजेपछि मात्रै सवारी साधन चलाउन पाइने भएको छ । सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका सवारीसाधन चलाउनमा रोक लगाएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ७ बजेपछि सवारीसाधन चलाउन पाइने जानकारी दिए । मतदानको अवधिमा विहानदेखि साँझ ५ बजेसम्म १७ सय सवारीलाई होल्ड गरिएको उनले बताए ।

विना अनुमति सञ्चालन भएका १७ सय सवारीलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा होल्ड गरिएको उनले बताए । मतदानको दिन अत्यावश्यक र निर्वाचन आयोगबाट अनुमतिप्राप्त सवारी बाहेकका सवारीलाई सञ्चालनमा रोक लगाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved