अर्को चुनावमा मौका पाए उम्मेदवार बन्छु : भुवन केसी

नेपालभ्युज

अर्को चुनावमा मौका पाए उम्मेदवार बन्छु : भुवन केसी

काठमाडौं। अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा अर्को चुनावमा मौका पाए उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका हुन् ।

अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै उनले नेपाली कला, संस्कृति र फिल्मको प्रवर्द्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा राखे । उनले चुनावमा उम्मेदवार बनेका कलाकारलाई जितको शुभकामनासमेत दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved