‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि मिङ्मा र सिद्धार्थलाई

नेपालभ्युज

‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि मिङ्मा र सिद्धार्थलाई
हरियोबाट पहेँलो बन्दै गरेको जिन्कोको रुख।

काठमाडौं। नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिड्मिङ’ले जितेको छ ।

शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जिते । विजय भएसँगै १५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार पनि उनीहरूले जितेका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शोलाई भूषण दाहालले निर्देशन गरेका थिए । जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई थिए । तर, भुवनले बीचमै शो छाडेका थिए । फिनालेमा पनि उनी देखिएनन् ।

यो रियालिटी शोमा बालबालिकाले नृत्य प्रतिभा प्रस्तुत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved