२ सय १० केजी गाँजा बोकेको ट्रक नियन्त्रणमा

नेपालभ्युज

२ सय १० केजी गाँजा बोकेको ट्रक नियन्त्रणमा
फाइल तस्वीर

काठमाडौं। सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गमरियास्थित मलंगवा नवलपुर सडकखण्डबाट सशस्त्र प्रहरीले २ सय १० केजी गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाले प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकमा मिनरल वाटरको कार्टुनले छोपी राखेको १४ पोका गाँजा फेला पारेको हो ।

बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved