प्रमुख निर्वाचन आयुक्तको चेतावनी- बुथ कब्जा गरेर जित्ने नसोचे हुन्छ

'मंसिर २२ अगावै मतगणना सक्ने'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुथ कब्जा गरेर जित्ने कुरा नसोच्न चुनावमा सहभागी भएका पार्टी तथा उम्मेदवारलाई चेतावनी दिएका छन् ।

नेपालभ्युज

प्रमुख निर्वाचन आयुक्तको चेतावनी- बुथ कब्जा गरेर जित्ने नसोचे हुन्छ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुथ कब्जा गरेर जित्ने कुरा नसोच्न चुनावमा सहभागी भएका पार्टी तथा उम्मेदवारलाई चेतावनी दिएका छन् । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । ‘बुथ कब्जा गरेर जित्छु भन्ने कुरा नसोचे हुन्छ,’ उनले सम्बोधनका क्रममा भने ।

त्यसअघि उनले भने, ‘हामी सबैलाई थाहा छ, बुथ कब्जा गरेर जितेको नेताले तपाईं-हाम्रो रक्षा गर्दैन । जसले बुथ कब्जा गर्छ, ऊ लोकतान्त्रिक व्यवस्थामा कलह हुन्छ । अब हिजोजस्तो बुथ कब्जा गरेर जित्छु भनेर नसोच्दा हुन्छ, समय हिजोजस्तो छैन ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले घरमा हुने पूजा-आजाको कार्यक्रम ४ गतेपछि मात्र गर्न आग्रहसमेत गरे । ‘अब बाध्य नै पार्ने कुरा त भएन । तर मिल्छ भने ठूला-ठूला पूजाआजाको काम पनि मंसिर ४ गतेपछि मात्रै गर्न म सबैलाई आग्रह गर्छु । अझ उम्मेदवारको घर-आँगनमा त यस्तो कार्यक्रम हुनै भएन । उम्मेदवार त यसमा सचेत हुनैपर्छ । निर्वाचन सफल बनाउन सबैले आ-आफ्नै ठाउँबाट सहयोग गर्नुपर्छ,’ उनले भने ।

मंसिर २२ अगावै मतगणना सक्ने

प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर २२ गतेअगावै मतगणना सक्नेगरी आयोगले तयारी गरिरहेकाे बताए । ‘मतपेटिका सङ्कलन गर्ने कार्य सम्पन्न भएलगत्तै मतगणनाको काम सुरू हुन्छ,’ उनले भने, ‘हामीले ३ दिनभित्र प्रत्यक्षतर्फको मतगणना र करिब ५ दिनभित्र समानुपातिकतर्फको मतगणना गर्ने भनेर सोचेका छौँ ।’

मंसिर २२ मा निर्वाचनको सम्पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेगरी आयोग तयारीमा जुटिरहेको उनले बताए । ‘हामी सबैखाले मतगणना ८ दिनभित्र सक्ने र मंसिर २२ भित्र सबै प्रतिवेदन बोकेर हामी राष्ट्रपतिकहाँ जाने भनेर तयारीमा जुटेका छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved