नेप्से दोहोरो अंकले बढ्दा कारोबारमा गिरावट

नेपालभ्युज

नेप्से दोहोरो अंकले बढ्दा कारोबारमा गिरावट

काठमाडौं। बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ ।

बुधबार म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । बुधबार हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब माथिको बराबर भएको बजारमा बुधबार २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजारको कारोबार भएको छ ।

जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ६ करोड ३ लाख ३९ हजारको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड १ लाख ९१ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख २६ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved