माओवादीको प्रचार गरेको भन्दै खेलकुद परिषद्का सदस्य सचिवलाई सोधियो स्पष्टीकरण

माओवादीको प्रचार गरेको भन्दै खेलकुद परिषद्का सदस्य सचिवलाई सोधियो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ । सदस्य सचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा उजुरी परेको थियो ।

आयोगले काठमाडौँको मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ । डडेलधुराको पर्शुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी र उपप्रमुख विमल थापालाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार डम्बर साहुलाई दलीय आबद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिनिधिसभा सदस्यका मकवानपुर क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार दीपेन्द्रचन्द ठकुरीलाई दलीय आबद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved