‘हेराफेरी ३’ मा हेरफेर : अक्षयकुमार आउट, कार्तिक आर्यन इन

नेपालभ्युज

‘हेराफेरी ३’ मा हेरफेर : अक्षयकुमार आउट, कार्तिक आर्यन इन

काठमाडौं । ‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुवै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनील सेट्ठीको भूमिकालाई रुचाइएको थियो । दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै, परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए ।

यो खबरले आउँदा अक्षयका फ्यान निराश भएका छन् । उनीहरूले अक्षयलाई हेराफेरी ३ मा फर्काउन माग गरिरहेका छन् । अक्षयबिना फिल्म फ्लप हुने उनीहरूको चिन्ता छ ।

१२ नोभेम्बरमा अक्षय हिन्दूस्तान टाइम्सको एक समारोहमा पुगेका थिए । त्यतिबेला हेराफेरीबारे सोधिएको जिज्ञासामा अक्षयले भनेका थिए, ‘म हेराफेरीको हिस्सा हुँ । मलाई दुःख यस अर्थमा छ कि लामो समयसम्म तेस्रो भाग बनेन । मलाई फिल्म अफर गरिएको थियो, तर पटकथा र स्क्रिप्ट मन परेन । यसकारण म फिल्मबाट बाहिरिएँ ।’

हेराफेरीको पहिलो श्रृंखला सन् २००० मा रिलिज भएको थियो जसलाई प्रियदर्शनले निर्देशन गरेका थिए । दोस्रो श्रृंखला ‘फिर हेराफेरी’लाई नीरज भोराले निर्देशन गरेका थिए र सन् २००६ मा रिलिज भएको थियो ।

यी दुवै श्रृंखलाले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved