गायक प्रमोद खरेल लेबनान अध्यागमनको नियन्त्रणमा, साइप्रसको कार्यक्रममा जान पाएनन्

चर्चित गायक प्रमोद खरेललाई लेबनानको अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएर छाडेको छ। सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिँडेका खरेल र अर्का गायक बादल थापालाई अध्यागमनले नियन्त्रणमा लिएर छाडेको हो।

नेपालभ्युज

गायक प्रमोद खरेल लेबनान अध्यागमनको नियन्त्रणमा, साइप्रसको कार्यक्रममा जान पाएनन्

काठमाडौं। चर्चित गायक प्रमोद खरेललाई लेबनानको अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएर छाडेको छ। सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिँडेका खरेल र अर्का गायक बादल थापालाई अध्यागमनले नियन्त्रणमा लिएर छाडेको हो।

उनीहरूको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएको बताइएको छ। अध्यागमनले रोकेपछि केही दिनमा आफूहरू नेपाल फर्किन लागेको बताइएको छ।

उनीहरू साइप्रस नपुग्दा कार्यक्रम समेत प्रभावित भएको छ। साइप्रसमा नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको हो।

आयोजकमध्येका केही व्यक्तिले कार्यक्रम रोकिएको बारेकाे खबर फेसबुकमा पनि सेयर गरेका छन्। सबै कागजपत्र सही हुँदाहुँदै पनि उडान नदिएपछि कार्यक्रम स्थगित गर्नुपरेको आयोजक सुवास मल्लले बताए। कार्यक्रम स्थगित गर्नुपर्दा अत्यन्तै दुखी भएको भन्दै पर्न गएको असुविधाप्रति आयोजक पक्षले क्षमा मागेको छ।


गायक प्रमोद खरेल र बादल थापा, जो साइप्रस जाने ट्रान्जिटमै नियन्त्रणमा परेपछि जान पाएनन्

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved