चुनावी मैदानमा चिकित्सक

चितवन-३ मा गठबन्धनका उम्मेदवार डा.अधिकारी चुनाव जित्नेमा ढुक्क

प्रचण्ड अहिले चितवन ३ छाडेर गोरखा २ मा गएका छन्। प्रचण्ड गोरखा गएपछि चितवन ३ मा उम्मेदवार बनेका अधिकारी आफू ‘चुनाव जित्नेमा ढुक्क’ रहेको बताउँछन्।

नेपालभ्युज

चितवन। एक सातापछि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चिकित्सक पनि उठेका छन्। देशका विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन गराएका चिकित्सकहरू चर्चित नेताहरूसँग प्रतिस्पर्धा गर्दैछन्।

यसैबीच भरतपुर अस्पतालको अध्यक्षबाट राजीनामा दिएर डा. भोजराज अधिकारी चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा छन्। सत्तारुढ गठबन्धनका उम्मेदवार उनी नेकपा माओवादी केन्द्रतर्फबाट उम्मेदवारी दिएका हुन्।

उनको मुख्य प्रतिस्पर्धा राप्रपा नेता विक्रम पाण्डेसँग हुने भएको छ। उक्त क्षेत्रमा अघिल्लो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए ।

प्रचण्ड अहिले चितवन ३ छाडेर गोरखा २ मा गएका छन्। प्रचण्ड गोरखा गएपछि चितवन ३ मा उम्मेदवार बनेका अधिकारी आफू ‘चुनाव जित्नेमा ढुक्क’ रहेको बताउँछन्।

हेरौँ उनीसँगको कुराकानी नेपालभ्युजकर्मी धनबल राईको साथमा ‘उम्मेदवारसँग नेपालभ्युज’ मा।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved