नेप्सेमा दोहोरो अंकको गिरावट

नेपालभ्युज

काठमाडौं। आइतबार  नेप्से परिसूचक आज १० दशमलव ५४ अंकले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ ।

सेयर कारोबार मापक नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको सेयर उकालो लाग्दा १२ उपसमूहको सेयर ओरालो लागेको छ ।

कुल दुई सय २५ कम्पनीको २० लाख २८ हजार तीन सय ४८ कित्ता शेयर रु ७७ करोड ४९ लाख ११ हजार सात सय छ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार चार सय ३१ बराबर रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved