अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली रोजिनको कोरियोग्राफी

नेपालभ्युज

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली रोजिनको कोरियोग्राफी

काठमाडौं। मलेसियाको क्वालालम्पुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२२ मा’ नेपाली अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य कोरियाग्राफरको रूपमा रहने भएका छन् । प्रतियोगिताअन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ सञ्चालन हुनेछ । जसको कोरियोग्राफी उनले गर्नेछन् ।

इप्लानेट प्रा.लिको आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा विश्वका विभिन्न देशका चालिसभन्दा बढी सहभागीहरूबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता यही नोभेम्बर १४ देखि २० तारिखसम्म मलेसियामा सञ्चालन हुँदैछ भने फाइनल प्रतिस्पर्धा नोभेम्बर १९ मा मलेसियाको क्वालालम्पुरस्थित भिभा होम सपिङ मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न हुनेछ । यसअघि हेरिटेज प्याजेन्टस् नेपाल, भारत, श्रीलंका र सिंगापुरमा सम्पन्न भएको थियो ।

राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफरको परिचय बनाएका रोजिन शाक्य झन्डै २५ वर्षदेखि फेसन र सञ्चार क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका छन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै १४ सय कार्यक्रमको कोरियोग्राफरको रूपमा अनुभव संगालिसकेका उनी सन् २०१४ देखि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूको कोरियोग्राफीमा पनि सहभागी हुँदै आएका छन् ।

उनले हेरिटेज प्याजेन्टस्, मिस मर्मेड सिंगापर, मोडल सुपरस्टार मुम्बई लगायतका अन्तर्राष्ट्रिय कार्यक्रमको पनि कोरियोग्राफी गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved