मंसिर ४ गते क-कसले पाउँछन् सवारी चलाउन ?

नेपालभ्युज

मंसिर ४ गते  क-कसले पाउँछन् सवारी चलाउन ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते निर्वाचनका दिन अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न पाईनेछ ।

सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्र प्राप्त सञ्चारकर्मी , अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधनलाई पनि बिना रोकतोक चल्न दिने आयोगले जनाएको छ ।

तर यस्ता सवारीमा मतदाता ओसारपसार गर्न नपाईने आयोगको भनाई रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved