१८ लाखको घडी फेला परेपछि शाहरुखलाई विमानस्थल भन्सारले रोक्यो, ७ लाख जरिवाना

नेपालभ्युज

१८ लाखको घडी फेला परेपछि शाहरुखलाई विमानस्थल भन्सारले रोक्यो, ७ लाख जरिवाना

भारत। बलिउड सुपरस्टार शाहरुख खानलाई मुम्बई एयरपोर्टमा भन्सारले रोकेको छ । एयरपोर्टमा तैनाथ एयर इन्टेलिजेन्स युनिट अर्थात् एआईयू स्रोतका अनुसार शाहरुख शुक्रबार राति शारजाहबाट फर्किएका थिए । उनीसँग महँगो घडी र कभरहरू थिए, जसको मूल्य १८ लाख रुपैयाँ थियो। यी घडीका लागि शाहरुखले ६.८३ लाख रुपैयाँ भन्सार तिर्नुपर्ने थियो ।

शाहरुख खान शुक्रबार राति करिब १२ः३० बजे निजी चार्टर्ड विमानबाट मुम्बई पुगेका थिए । बिहान करिब १ बजे यहाँ टि–३ टर्मिनलमा रेड च्यानल क्रस गर्ने क्रममा भन्सारले शाहरुख खान र उनको टोलीलाई रोकेको थियो । उनको झोला चेक गर्दा रोलेक्स, स्पीरिट र एप्पलको घडी फेला परेको थियो ।

शाहरुख र उनको म्यानेजर पूजा डडलानीलाई एयरपोर्टमा एक घण्टा लामो अपरेसन पछि छोड्न अनुमति दिइएको थियो, तर शाहरुखका अंगरक्षक रवि र टोलीका अन्य सदस्यहरूलाई हिरासतमा राखिएको थियो। जानकारीका अनुसार शाहरुखका अंगरक्षक रविले साढे ६ लाख रुपैयाँ बढी भन्सार तिरे ।

भन्सार प्रक्रिया पूरा गर्न शनिबार बिहानसम्म समय लागेको थियो । बिहान ८ बजे प्रक्रिया पूरा भएपछि भन्सार अधिकारीले रविलाई रिहा गरेका थिए ।

शाहरुख नोभेम्बर ११ मा यूएईको एक्सपो सेन्टर पुगेका थिए । त्यहाँ उनलाई शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेला २०२२ को ४१ औँ संस्करणमा सहभागी भएकोमा ग्लोबल आइकन अफ सिनेमा एण्ड कल्चरल नेरेटिभ अवार्डबाट सम्मानित गरिएको थियो। -एजेन्सी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved