स्वयम्भूको जङ्गलमा १४ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

नेपालभ्युज

स्वयम्भूको जङ्गलमा १४ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

काठमाडौं। काठमाडौंमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

गिरीले ती बालिकालाई ललाइफकाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपाको जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved