टिकट बिक्रीमा कान्तराको नयाँ रेकर्ड

नेपालभ्युज

टिकट बिक्रीमा कान्तराको नयाँ रेकर्ड

मुम्बई। ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्सअफिसमा धमाका मच्चाइरहेको छ । फिल्मले २७६ दशमलव ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ ।

पौराणिक तथा हरर कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलव ८० करोड रुपैंयाँको कमाइ गरेको छ । फिल्मको विश्वव्यापी कमाई ३५३ करोड रुपैंयाँ बढी छ ।

फिल्ममा ऋषभकै लेखन र प्रमुख भूमिकामा अभिनय छ । ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको यो फिल्म १४ अक्टोबरमा हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज भएको थियो । सबै भाषामा ४१ दिनमा फिल्मले देशमा २ ७६ दशमलव ५६ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ । जबकि, यसको ग्रस कमाइ करिब ३२५ करोड रुपैंयाँ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved