एलन मस्कले ट्विटर कंगाल हुने सम्भावनाबारे कर्मचारीहरूसँग कुरा गरे

नेपालभ्युज

एलन मस्कले ट्विटर कंगाल हुने सम्भावनाबारे कर्मचारीहरूसँग कुरा गरे

काठमाडौं।  एलन मस्कले बिहीबार आफ्ना कर्मचारीहरूसँग ट्विटर कंगाल हुने सम्भावनाको बारे कुरा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरका नयाँ मालिक उनले ट्विटरका कर्मचारीहरूलाई कंगाल हुने आशंकालाई अस्वीकार गर्न नसक्ने जानकारी दिए ।

ट्विटरमा आफ्ना कर्मचारीसँगको पहिलो भेटमा मस्कले अर्को वर्ष कम्पनीले अर्बौं डलर गुमाउन सक्ने चेतावनी दिएका छन् । एलन मस्कले हालै ४४ बिलियन डलरमा ट्विटर किनेका छन् । त्यसयता उनले यो सामाजिक सञ्जालमा धेरै परिवर्तन पनि गरेका छन् ।

यसैबीच, ट्विटरले विश्वभरि हजारौँ कर्मचारीलाई निकालेको छ । यस विषयमा एलन मस्कले पनि आलोचनाको सामना गर्नुपरेको छ । कम्पनीलाई घाटा भएको भन्दै उनले ब्लु टिकको सदस्यता शुल्क पनि लिन थालेका छन् ।

मस्कले ट्विटरको आम्दानी घटाउन एक्टिभिस्ट ग्रुपले ट्विटरको कमाइ कम गर्नका लागि विज्ञापनदातालाई प्रभाव पारेको आरोप पनि लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved