कुवेतमा अलपत्र परेका सात कामदारको उद्धार

कुवेतमा अलपत्र परेका सात कामदारको उद्धार

काठमाडौं। वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरूलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरूलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।

उद्धार गरेर ल्याइएकाहरूमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् । सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरूलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटक-पटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ ।

सातै जनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरूको पैसा फिर्ता गरेपछि मात्रै आफन्तको जिम्मा लगाइने बताइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved