फ्राइडे रिलिज

हलहरूमा बलिउड फिल्म ‘उचाइ’, नेपाली फिल्म प्रतिस्पर्धामै आएनन्

नेपालभ्युज

हलहरूमा बलिउड फिल्म ‘उचाइ’, नेपाली फिल्म प्रतिस्पर्धामै आएनन्

काठमाडौं । आज शुक्रबारदेखि बलिउड फिल्म ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो ।

यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् । ‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको फिल्म हो ।

ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल भित्र्याएको हो । नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरूको प्रयोग समेत गरिएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ ।

४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा निर्माण गरिएको फिल्म राजश्री प्रोडक्सनले निर्माण गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved